• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • अष्ट्रेलियामा महयात्राको भव्य सुरुवात

    विशाल चौतारी समाचार
    काठमाडौं, ५ माघ ।
    नेपालका वरिष्ठ हास्य अभिनेताद्धय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको पर्थ सहरबाट अष्ट्रेलियामा महयात्रा सुरु भएको छ । खचाखच दर्शकले भरिएको अडिटोरियममा महजोडीलाई डायस्पोराका नेपालीबासीले भव्य स्वागत गरेका थिए ।
    मुलुकका पाँच ठूला सहरमा महजोडीलाई यात्रा गराउने उद्देश्यले गरिएको समारोहको त्यो पहिलो संस्करण थियो । यस्तो यात्रा अष्ट्रेलियाका अन्य ठूला सहर मेलबर्न, एडिलेड, सिड्नी, ब्रिस्बेन र कानबेरामा पनि हुँदैछ । पर्थको भव्यतापछि आयोजक सोलाङचरले विज्ञप्ती जारी गर्दै पर्थबासी नेपालीलाई धन्यवाद ज्ञापन व्यक्त गरेको छ । डायस्पोरामा भएको अहिले सम्मकै महंगो कार्यक्रम भनिएको यो यात्राका लागि महजोडीको साथमा गायक, गायिका र अभिनेता पनि पुगेका छन् । गायिका कुन्ती मोक्तानले आफ्ना ब्लकबस्टर गीतहरु गाउँदा पर्थ जुरुक्कै उठ्यो र उनको सम्मानमा ताली बजायो ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.