• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • अभिनयमा पुन: फकिईन् मेलिना

    विशाल चौतारी समाचार
    काठमाडौं, ५ माघ ।
    नेपाली चलचित्र क्षेत्रमा कुनै जमानाकी चर्चित अनि व्यास्त अभिनेत्री मेलिना मानन्धर पुन: अभिनयमा फकिर्एकी छिन् । अभिनेत्री मानन्धरले एक महिना अगाडी बौद्ध भिक्षुणीको सत्य जीवनकथामा आधारित चलचित्रमा शिर्ष भूमिकामा काम गरेकि छिन् । राज शाक्यद्धरा निर्देशित चलचित्र ‘धम्मवती’बाट अभिनेत्री मेलिनाले चलचित्रको शिर्ष भूमिका गर्दै पुन: अभिनयमा फर्किएकि हुन् ।
    अभिनेत्री मेलिना अभिनयमा पुन फर्किएको चलचित्रमै भिक्षुको संघर्ष र त्यागलाई महसुश गर्न पाएकोमा आफु भाग्मानि ठानेको बताएकि छिन् । काठमाडौं र चितवनमा छायाँकन गरिएको यो चलचित्रमा उज्जवल मानन्धर, हरी शाही र मदन मानन्धरको संयुक्त लगानी रहेको छ । अभिनेत्री मानन्धर छोरीलाई जन्म दिएपछि  अभिनयमा कम देखिएकी थिइन् । अभिनेत्री मेलिनाले राम्रो नेपाली चलचित्रको स्क्रिप्ट आएमा अभिनय गर्न तयार भएको बताएकि पनि छिन् । उनका पति अभिनेता मुकेश ढकाल पनि पछिल्लो समय चलचित्रमा सक्रिय छैनन् । तरपनि उनका चारवटा चलचित्र रिलिजको क्रममै रहेको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.