बसन्तपुरमा नाटकबाट सहिदको सम्झना गरियो
विशाल चौतारी समाचार
काठमाडौं, १६ माघ । अचेल (अभिनय द्धारा चेतनका लहर) नाट्य समुहले हिजो सहिद दिवसको अवसर पारेर ‘मर्दैछन् सहिद’ नामक नाटक बसन्तपुरमा मञ्चन गरेको छ । सहिदका शालिक गाँजा तान्नेहरुको गाँजा खाने अड्डा र कुकुरको पिसाव फेर्ने पाईखाना बन्दै गएको कुरा नाटकबाट प्रस्तुत गरिएको थियो ।
नाटकमा सहिदहरुको सम्मान एउटा फुल, मालामा मात्र सिमित राखिएको भन्ने कुरालाइ उतारिएको छ । यस नाटकलाई अचेल समुहले नै परिकल्पना तथा लेखन गरेका हुन भने निर्देशन प्रदिप खड्गी पासाको रहेको छ । यस नाटकमा अभिनय गर्ने कलाकारहरु शुसिला थापा, भोला अधिकारी, नवराज खड्का, सकुना बुढाथोकी, प्रदिप खड्गी, रुपेश मगर, अनिश न्यौपाने, बिजेन शाह, डेनी मिश्र, प्रकाश श्रेष्ठ, अजय यादव, सनम प्याकुरेल लगायतको रहेको थियो ।

0 comments
Write Down Your Responses