• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • मिनले भिडियोसंगै ल्याए सिम्बोल

    विशाल चौतारी समाचार
    काठमाडौं, १६ माघ ।
    पछिल्लो समयमा एल्बम संगै भिडियोपनि ल्याउने क्रम बढ्दो रहेको छ । यहि क्रममा गायक मिन गुरुङ पहिलो एल्बम ‘सिम्बोल’ लिएर आएका छन् ।
    पहिलो एकल एल्वम ल्याउन भन्दा अगाडी फाट्ट–फुट्ट गीतहरुमा गाउँदै आफुले दर्शक श्रोताहरुको चाहना बमोजिम पहिलो एल्बम ल्याएको बताए । साङगीत क्षेत्रमा करिव ५ वर्षको अध्ययनपछि आफुले एकल एल्वम ल्याएकोपनि मिन गुरुङले बताए । श्री संगीत पाठशाला विद्यालयमा चण्डि प्रसाद काफ्लेसंग संगीत सिकेका गायक मिनको एल्बममा ५ गीत समावेश गरीएको छ । एल्बम संगै एक गीतको म्युजिक भिडियोपनि ल्याएका गायक मिनको एल्बममा प्रेम हो की, लाउँनु है माया, मरेपछि, चौवन्दि फरीया र घिनघीनाघिङ बोलको गीतहरु समावेश गरीएको छ । एल्बममा समोवेश गरिएको गीतहरुलाई शंकर थापा, उत्तम थापा, इन्द्र आर.पीको संगीत रहेको छ, भने डिपी खनाल, केवल घर्ति, सिमा थापा, उत्तम थापाको शब्द रहेको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.