• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • ‘नागबेली’को पहिलो झलक तथा प्रोमो सार्वजनिक

    विशाल चौतारी समाचार
    काठमाडौं, १२ माघ ।
    नृत्य निर्देशनमा कहलिएका गोविन्द राईद्वारा निर्देशित पहिलो फिल्म ‘नागबेली’को केही दिन अगाडी पहिलो झलक तथा प्रोमो सार्वजनिक गरियो ।
    राईले सयभन्दा बढी फिल्ममा नृत्य निर्देशकको भूमिका निर्वाह गरिसकेका छन् । उनले ‘नागबेली’ नृत्य निर्देशकको रुपमा सागालेको अनुभवको उपज भएको बताए । फिल्म समीक्षक दीपेन्द्र लामाको लेखन रहेको फिल्मले चार युवाको अरोह–अवरोह समेटेको छ । यस्तै कार्यक्रमा लेखक लामाले साथीभाइको फिल्म भनेर कमजोरीलाई अनदेखा नगरिदिन सञ्चारकर्मीलाई आग्रह गरे ।
    ‘यो फिल्मको पनि इमानदार समीक्षा गरिदिनुहोला,’ लामाले भने । अभिनेता तथा फिल्म निर्देशक नीर शाहले ‘नागबेली’ मानवीय संवेदनाले भरिपूर्ण फिल्म रहेको टिप्पणी गरे । कार्यक्रममा करिब १५ मिनेट सम्बोधन गरेका उनले भने, ‘नृत्य निर्देशकको फिल्म भएकोले फिल्ममा नृत्य मात्र छ भन्ने ठान्नुभयो भने गलत हुनेछ । फिल्ममा नृत्यभन्दा मानवीय संवेदनाको बाहुल्य छ ।’ कार्यक्रममा हर्षिका श्रेष्ठ र यसराज गराचले पनि मन्तव्य राखेका थिए ।
    प्रदर्शन मिति टुंगो नभइसकेको फिल्ममा दयाहाङ राई, हर्षिका श्रेष्ठ, यसराज गराच, विक्की मल्ल, सम्भव श्रेष्ठ, सुरभी जैन विष्ट, अशोक फुयाल, निर शाह, रुपा राना,लुनिभा तुलाधर, सिपी पौडेल, शिशिर राणाआदिको अभिनय रहेको छ । रोमियन लिम्बु (चेम्जोङ) निर्माता रहेको फिल्मको छायांकन रामशरण उप्रेतीले गरेका हुन् । फिल्ममा बीबी अनुरागी, शीतल मोक्तान र रुद्र बोहराले संगीत दिएका छ । फिल्मलाई बिपिन मल्ल र सुरज श्रेष्ठले सम्पादन गरेका हुन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.