• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • दोस्रो हप्तामा ‘छ एकान छ’ र ‘बितेका पल’, प्रतिष्पर्धामा ‘डफर्स’

    विशाल चौतारी समाचार
    काठमाडौँ, ४ माघ ।
    केहि समय अगाडी बलिउड चलचित्र ‘धुम ३’ले नेपालमा धुम मच्चाएरै नेपालमापनि राम्रो कलेक्सन गरेको थियो । यस्तै क्रममा यस वर्षको राम्रो मानिएको चलचित्र ‘छ एकान छ’‘बितेका पल’ले हल शो बढाउँदै दोस्रो हप्ताको प्रदर्शन सुरुवात गरेको छ ।
    शुक्रवार पुस २६ गते एकसाथ लागेका यि चलचित्रहरुसंग प्रतिस्पर्धा गर्न गत शुक्रवारबाट ‘डफर्स’ नामक नेपाली चलचित्र प्रदर्शन भएको छ । यि दुई चलचित्रहरु मध्ये व्यावसायिक रुपमा बढि मानिएको चलचित्र ‘छ एकान छ’ का हास्य अभिनेता तथा निर्माता दिपकराज गिरीले बताए अनुसार राजधानीका मल्टिप्लेक्स पर्दामा ‘छ एकान छ’को शो बढेको र अहिले झन्डै ७० पर्दामा प्रदर्शन भैरहेको बताएका छन् । चलचित्र निर्देशक समाजका अक्ष्यक्ष दिनेश डिसीले निर्देशन गरेको यस चलचित्रमा निता ढुंगाना, दिपकराज गिरी, सिताराम कट्टेल (धुर्मुस), केदार घिमिरे(माग्ने बुढा), जितु नेपाल, शिवहरी पौडेल लगायतको मुख्य भुमिका रहेको छ ।
    त्यस्तै चलचित्र ‘बितेका पल’ले पूर्वका हलहरुमा एकलौटि रुपमै व्यापार गरिरहेको चलचित्रका निर्माता राजेश घतानीले बताएका छन् । निर्माता घतानीको अनुसार दोस्रो हप्तामा चलचित्र ‘बितेका पल’ले झन्डै ५० पर्दामा प्रदर्शन भैरहेको बताएका छन् । सुरज सुब्बा नाल्बो निर्देशित फिल्म ‘बितेका पल’मा केकी अधिकारी, बाबु बोगटी र अविनाश गुरुङको अभिनय रहेको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.