• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • ओमशंकरले ल्याए ‘अन्तराल’

    विशाल चौतारी समाचार
    काठमाडौं, १६ माघ ।
    लामो समयदेखि संगीत साधनामा सक्रिय ओमशंकर कर्माचार्यले नया गीति संग्रह ल्याएका छन् । केही समयको अन्तरालमा संगीत पारखीमाझ झुल्किएका उनको एल्बमको नाम पनि ‘अन्तराल’ रहेको छ ।
    पाँचवटा गीत संग्रहित एल्बमका सबै गीत उनले नै गाएका हुन् । ‘गुम्साइ’ नामक गीतको रचना र संगीत गायक स्वयंमको हो । ‘सुनसान’को शब्द /संगीत प्रेम वाङ्दी लामा, ‘आाशुले’ र ‘यो रातमा’को शब्द/संगीत सन्देश र ‘सम्झेर’को शब्द/संगीत देवुले गरेका हुन् । रञ्जना म्युजिकले बजारमा ल्याएको यो उनको पाचौ एल्बम् हो । म्युजिक भिडियो डाइरेक्टर र कार्यक्रम सञ्चालकका रुपमा ख्याती कमाइसकेका उनले केही गीत एरेञ्ज पनि आफैले गरेका छन् । रेकर्डिङ उनको आफ्नै रेकर्डिङ स्टुडियो ओम मेगा साउन्डमा गरिएको हो । प्रतिभावान गायकमध्य पर्ने उनले गायनबाटै उनले केही अवार्ड हासिल गरिसकेका छन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.