स्व.रेग्मिका फ्यानलाई ‘पराई’ हेर्न कलाकारको आग्रह (फोटो फिचर सहित)
विशाल चौतारी समाचार
काठमाडौं, २४ पुस । यहि २६ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘पराई’ को बारेमा जानकारी गराउन बुधबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गरिएको थियो । सो अवसरमा बोल्दै चलचित्रकी अभिनेत्री गरिमा पन्तले प्रचारको शैलीमा चलचित्र हेर्न जादा बाटोमा मात्र दर्शकहरु पराई हुने, चलचित्र हेरीसकेपछि सबै दर्शकहरु आफन्त हुने बताएकि छिन् ।.jpg)
त्यस्तै कार्यक्रमै चलचित्रका अभिनेता तथा वितरक गोविन्द शाहीले चलचित्रलाई स्वर्गिय वरिष्ठ निर्देशक शिव रेग्मिको अन्तिम चलचित्र भएकालेपनि हेर्नपर्ने बताए । अभिनेता शाहीले ‘पराई’ एकपटक हेरेर स्वर्गीय निर्देशक शिव रेग्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्न दर्शकलाई आग्रहपनि गरेका थिए । त्यस्तै, अर्का चलचित्रका अभिनेता निरज बरालले चलचित्र ‘पराई’ उत्कृष्ट चलचित्र बनेको बताए । उनलेपनि चलचित्रका निर्देशक शिव रेग्मिलाई जोडेरै चलचित्र हेर्न दर्शकहरुलाई आग्रह गरे ।.jpg)
‘पराई’बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बढी समय स्वर्गीय निर्देशक शिव रेग्मीकै चर्चामा खर्चिएको थियो । चलचित्र ‘पराई’ निर्देशक रेग्मीको दोस्रो अन्तिम चलचित्र हो । त्यसैले स्वर्गीय रेग्मीको प्रशंग र चर्चामै कार्यक्रम केन्द्रित भएको थियो ।.jpg)
दीपक कुमार शाही, कुन्ती शाही, गोविन्द शाही र कमल खड्काको संयुक्र निर्माणमा बनेको चलचित्र ‘पराई’मा बसन्त सापकोटाको संगीत र शम्भु सापकोटाको छायांकन रहेको छ । चलचित्रमा विपिन मल्लको सम्पादन र हिमाल केसीको दन्द्ध रहेको छ । पूर्ण पारिवारिक ड्रामा लभस्टोरी चलचित्र ‘पराई’ मा निरज बराल, गोविन्द शाही, गरिमा पन्त र नन्दिता केसीको मुख्य अभिनय रहेको छ । साथै चलचित्रमा राजबल्लभ कोइराला र रेजिना उप्रेतीले अतिथि भूमिका निभाएका छन् । क्रियटिभ फिल्मस् क्रियशनको ब्यानरमा निमिर्त चलचित्र ‘पराई’ राजधानी लगायत देशका करिब चालिस सिनेमा हलमा एकैसाथ प्रदर्शन हुँने कार्यक्रममा जानकारी गराइएको थियो ।
काठमाडौं, २४ पुस । यहि २६ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘पराई’ को बारेमा जानकारी गराउन बुधबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गरिएको थियो । सो अवसरमा बोल्दै चलचित्रकी अभिनेत्री गरिमा पन्तले प्रचारको शैलीमा चलचित्र हेर्न जादा बाटोमा मात्र दर्शकहरु पराई हुने, चलचित्र हेरीसकेपछि सबै दर्शकहरु आफन्त हुने बताएकि छिन् ।
.jpg)
त्यस्तै कार्यक्रमै चलचित्रका अभिनेता तथा वितरक गोविन्द शाहीले चलचित्रलाई स्वर्गिय वरिष्ठ निर्देशक शिव रेग्मिको अन्तिम चलचित्र भएकालेपनि हेर्नपर्ने बताए । अभिनेता शाहीले ‘पराई’ एकपटक हेरेर स्वर्गीय निर्देशक शिव रेग्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्न दर्शकलाई आग्रहपनि गरेका थिए । त्यस्तै, अर्का चलचित्रका अभिनेता निरज बरालले चलचित्र ‘पराई’ उत्कृष्ट चलचित्र बनेको बताए । उनलेपनि चलचित्रका निर्देशक शिव रेग्मिलाई जोडेरै चलचित्र हेर्न दर्शकहरुलाई आग्रह गरे ।
.jpg)
‘पराई’बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बढी समय स्वर्गीय निर्देशक शिव रेग्मीकै चर्चामा खर्चिएको थियो । चलचित्र ‘पराई’ निर्देशक रेग्मीको दोस्रो अन्तिम चलचित्र हो । त्यसैले स्वर्गीय रेग्मीको प्रशंग र चर्चामै कार्यक्रम केन्द्रित भएको थियो ।
.jpg)
दीपक कुमार शाही, कुन्ती शाही, गोविन्द शाही र कमल खड्काको संयुक्र निर्माणमा बनेको चलचित्र ‘पराई’मा बसन्त सापकोटाको संगीत र शम्भु सापकोटाको छायांकन रहेको छ । चलचित्रमा विपिन मल्लको सम्पादन र हिमाल केसीको दन्द्ध रहेको छ । पूर्ण पारिवारिक ड्रामा लभस्टोरी चलचित्र ‘पराई’ मा निरज बराल, गोविन्द शाही, गरिमा पन्त र नन्दिता केसीको मुख्य अभिनय रहेको छ । साथै चलचित्रमा राजबल्लभ कोइराला र रेजिना उप्रेतीले अतिथि भूमिका निभाएका छन् । क्रियटिभ फिल्मस् क्रियशनको ब्यानरमा निमिर्त चलचित्र ‘पराई’ राजधानी लगायत देशका करिब चालिस सिनेमा हलमा एकैसाथ प्रदर्शन हुँने कार्यक्रममा जानकारी गराइएको थियो ।
.jpg)
.jpg)

.jpg)
.jpg)
.jpg)


0 comments
Write Down Your Responses