• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • यसरी सक्दैछन् प्रचण्डलाई प्रकाशले

    काठमाडौं, २४ पुष । दश बर्षे हिंसात्मक राजनीतिबाट शक्तिमा आएका एमाओवादीका अध्यक्ष प्रचण्डको कमजोरी आफ्नै परिवार रहेको उनी निकटका नेताहरुको निष्कर्ष छ । प्रचण्ड निकटका एक नेता गोपाल किराँतीले एउटा लेखमार्फत यस्तो निष्कर्ष सार्वजनिक गरेका हुन् । उनले बुधवार कान्तिपुर दैनिकमा लेखेका छन्, ‘प्रचण्डको प्रमुख कमजोरी प्रकाश नै हुन् ।’
    प्रचण्डका राजनीतिक गुरू मोहन वैद्यले पार्टी विभाजन गर्दा समेत प्रचण्डका कमजोरीलाई लुकाएर बसेका नेताहरुले अहिले सार्वजनिक रुपमै उनका कमजोरी केलाउँन थालेका छन् । कुनैबेला प्रचण्डलाई नेपाली कम्युनिष्टका लेनिन भनेर परिभाषा दिने किराँतीले अहिले उल्टै प्रचण्डलाई विश्व कम्युनिष्ट ईतिहास पढ्न सुझाव दिन थालेका छन् । उनले भनेका छन् –‘विश्व कम्युनिष्ट नेताहरुको जीवनीबारे प्रचण्डले पढेको हुनुपर्ने हो ?’ 
    किराँतीले साम्राज्यवाद विरोधी संघर्षमा निर्णायक टक्कर लडिरहेका सोभियत राष्ट्रपति स्टालिनले अमेरिकातर्फ सूचना चुहावट गर्ने दोषमा छोरीलाई देशनिकाला गरेको सन्दर्भ निकाल्दै भनेका छन्, तर प्रचण्डले आफ्नै छोरालाई नराम्रा काम गर्नबाट समेत जोगाउँन सकेनन् । स्रोत अनुसार अहिले प्रकाशकै कारण एमाओवादीभित्र नेताहरू प्रचण्ड क्याम परिवर्तन गर्ने शुरमा समेत पुगेका छन् । 
    दश बर्षसम्म बहुविवाह गर्नेलाई ‘भाटे कार्बाही’ गर्ने कार्यको नेतृत्व गरेका प्रचण्डले अहिले आफ्नै छोराले तीन वटा श्रीमती बनाइसक्दा पनि कुनै कार्बाही नगरेकोप्रति एमाओवादीभित्र सँधै गुनासो रहँदै आएको छ । कतिपयले एमाओवादी चुनावमा हार्नुको एउटा कारण यसलाई पनि मानेनका छन् । प्रचण्ड र प्रकाशको यो कार्यले प्रचण्डलाई मात्रै होइन, सिंगो एमाओवादीलाई धक्का लागेको एक नेताले बताए । प्रचण्ड र प्रकाशलाई फुन्टिवाङ बैठकमा प्रचण्ड क्यामका नेताहरुले रामप्रसाद राई र नारदमनी थुलुङको छोराहरुसँग तुलना गरिदिएका थिए । 
    उसोत प्रचण्डको कार्यशैली, निर्णय प्रकृयाजस्तामा उनी निकटकै नेताहरू चिढिन पुगेका छन् । समानुपातिक सूची तयार पार्ने क्रममा पार्टी पुर्वउपाध्यक्षहरू बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पार्टी विभाजनसम्मको तयारी थालेका थिए । यद्यपी, दुई समूह जोड्दा पनि अल्पमतमा परेका यी नेताहरू प्रचण्डकै पिछलग्गु बन्न बाध्य बने । बाबुराम भट्टराईले आफुले पद नखोजेको र केन्द्रीय समितिमा छलफलको विषय बनाउँने जनाएका छन् । तर प्रचण्डले कार्यसमितिमा पनि आफ्नै निर्णय पारित हुने जनाउ दिइसकेका छन् । उनले भनेका छन्, – ‘केन्द्रीय समितिमा मैले पेश गर्ने राजनीतिक प्रतिवेदन नमान्नेहरू पार्टीबाट छुट्छन् ।’ 

    My Blogger Tricks
    blogger

    1 comments

    दश बर्षसम्म बहुविवाह गर्नेलाई ‘भाटे कार्बाही’ गर्ने कार्यको नेतृत्व गरेका प्रचण्डले अहिले आफ्नै छोराले तीन वटा श्रीमती बनाइसक्दा पनि कुनै कार्बाही नगरेकोप्रति एमाओवादीभित्र सँधै गुनासो रहँदै आएको छ । कतिपयले एमाओवादी चुनावमा हार्नुको एउटा कारण यसलाई पनि मानेका छन् ।

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.