• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • बसुन्धारा पार्क लेक साइडमा सुरु भयो नमस्ते व्याण्डको भव्य कन्सर्ट

    कन्सर्ट बेलुकी ९ बजे सम्म चल्ने
    विशाल चौतारी समाचार
    काठमाडौं, १७ फागुन । पोखराको बिहानिपख सिमसिम पानी परेर चिसो–चिसो मौसममा बसुन्धारा पार्क लेक साइडमा ‘नमस्ते ब्यान्ड’ २५ वर्ष पुगेको उपलक्ष्यमा भव्य साङगीतिक कन्र्सट सुरु भएको छ । सन् १९८८ मा स्थापना भएको ब्यान्डले आफ्नो वाषिर्कोत्सवको अवसरमा सन् १९९४ बाट सुरु गरेको ‘महाशिवरात्री विश्व संगीत महोत्सव’लाई यो वर्ष पनि निरन्तरता दिने भएको हो ।
    यस वर्षको महोत्सवमा वेलडसर्् ग्रुपसाग आवद्ध स्लाई एण्ड रवि प्रोडक्सनको पिजे एन्ड रेग्गे ब्यान्डको पनि पर्फमेन्स रहेको छ । पिजे १३ वर्षको उमेरदेखि रेग्गे सनफ्लासको वल्ड टुरमा निक्लिएको र स्लाईन रवि प्रोडक्सनको सोनि रेकर्डस् सग आवद्ध थिए ।
    कन्र्सटमा नमस्ते ब्याण्डको करिव एक घण्टा लामो विशेष प्रस्तुती पनि रहेने छ । कन्सर्टमा पिजेसहित नेपालका चचिर्त नयाँ पुराना ब्यान्डदेखि नेपालका सबैजसो गायकगायिकालाई कन्सर्टमा समेटिएको छ ।
    सहभागी हुने ब्यान्डहरु :
    पिजे एन्ड रेग्गे ब्यान्ड (अमेरिका), नमस्ते ब्यान्ड (जापान–नेपाल), जाह तब्बु (जापान), बम शिव मिनामी, न्युयो प्रिज्म, १९७४ एडी, मुक्ति एन्ड रिभाइभल, रविन एन्ड न्यु रिभोल्युसन, कबवेब, द एक्स, हिटा ग्रुप (तिब्बत), कन्दरा, अन्डरसाइड ब्यान्ड, टम्बलविड इन्क, बफिन्स ९८ (हङकङ), लेकाली, निर्वान्स एन्ड म्युजिक लिंक, अनील शाही एन्ड माया मन्त्र, देउराली, डी मोर्चा, भैरवी लाखे, बी एटएट, लाहुरे एन्ड बुलेट ।
    अतिथि कलाकारहरु :
    उदय मनिला सोताङ, सत्यस्वरुप आचार्य, सुनिल बर्देवा, यम बराल, हेमन्त राना, विजय लामा, रोज मोक्तान, अविनाश घिसिङ, आस्था बी, भरत सिटौला, मेघ लामा, युवराज गुरुङ, शिव केसी, प्रेम लामा, टिका बम्जन, कृष्ण गुरुङ, धनबहादुर गुरुङ, राजु परियार, रमिला न्यौपाने, ज्योति मगर, शिवजी भट्टराई ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.