• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • संगितमा रामसाईलिलाई विर्साउन गुन्द्रुक किनामा लउदै गायक रुपकुमार राई

    काठमाडौ । चर्चित लोक आधुनिक गित  ‘रामसाईलि’ नसुन्ने दर्शक श्रोताहरु कमै छन् होलान् । सोहि गितका गायक रुपकुमार राई चौथो एल्बम रामसाइँलीको सफल्तापछि दर्शक–श्रोताको मायालाई निरन्तरता दिन पाँचौँ एल्बम ‘सार’  ल्याउने तयारीमा छन् ।

    गायक रुपकुमार राईको पाचौ एल्वमक सारको फस्ट लुक
    चर्चित गित रामसाइँलीले हिट्स एफएम म्युजिक अवार्ड पाएपनि खासै मिडियाको नजरमा नपरेका गायक राई आफ्नो पाचौ एल्वमलाई सबै मिडियाहरुको साथ पाउनेमा विस्वस्त छन् । करिव दुई वर्षको अन्तरालमा ल्याउन लागेको एल्वममा सात गितहरु समावेस गरिएको छ । लोक आधुनिकको लयलाई विर्सदै गइरहेको पछिल्लो पुस्तालाई गायक रुपकुमार राईले आफ्नो एल्वमबाट जगेर्णा गर्ने तर्फपनि लागेका छन् । गायक राईको एल्वममा समावेश गरिएका गितहरुले लोक भाकाको उत्थान गरेको छ । भुपाल राईको शब्द तथा संगितमा तयार भएको ‘यो सहरमा पनि पिउ गाउकै तिर्सना, पठाईदिनु है आमा गुन्द्रुक किनामा’ बोलको गित शिर्ष गितको रुपमा एल्वममा राखिएको छ । त्यस्तै स्टेज पफमेन्सलाई लक्षित गरि गायक राईले जुन तारा बोलको गित एल्वमा समावेश गरेका छन् ।
    हिम म्युजिक सेन्टर प्रालिले बजारमा ल्याउन लागेको एल्वममा सात गित समावेश गरिएको छ । गुन्द्रुक किनामा, जुन तारा, यसपालिको साकेलामा, छुटिएकि बालसखिलाई, मेरो चिन्ता, नलाग्नु मलाई र यस्तो बनोस् बोलको गितहरु एल्वममा समावेश गरिएको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.