• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • एसएलसीको उतीर्णदर घट्दै , यस वर्ष ४१.५७ प्रतिशत मात्र उतीर्ण

     नियमिततर्फ एक लाख ६६ हजार ९ सय ३५ उर्तीण भएका छन् जसमध्ये १६ हजार ९ सय २४ विशिष्टसहित प्रथम श्रेणीमा, ७६ हजार १ सय ६५ प्रथम श्रेणीमा, ६९ हजार ८ सय ३० दोस्रो श्रेणीमा र ५ हजार १६ जना तृतीय श्रेणीमा पास भएका छन् ।

    काठमाडौ। यस वर्षको एसएलसी परीक्षाको परिक्षाफल आज प्रकाशित भएको छ । ४१ दशमलव ५७ प्रतिशत विद्यार्थी पास भएका छन् । नियमिततर्फ एक लाख ६६ हजार ९ सय ३५ उर्तीण भएका छन् जसमध्ये १६ हजार ९ सय २४ विशिष्टसहित प्रथम श्रेणीमा, ७६ हजार १ सय ६५ प्रथम श्रेणीमा, ६९ हजार ८ सय ३० दोस्रो श्रेणीमा र ५ हजार १६ जना तृतीय श्रेणीमा पास भएका छन् ।

    गत चैत १ देखि ९ सम्म सञ्चालन भएको परीक्षामा मुलुकभरबाट ५ लाख ४७ हजार १६५ जना परीक्षार्थी सहभागी भएका थिए जसमा नियमिततर्फ ४ लाख ३० हजार ९७ र एक्जाम्टेडतर्फ १ लाख १७ हजार ६८ जना छन् । परीक्षाका लागि मुलुकभर कुल १ हजार ७ सय ८६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।

    परीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालयले पनि विभिन्न वेबसाइट, एसएमएसबाट हेर्ने सुविधा मिलाएको छ । 
    –शिक्षा मन्त्रालयको वेबसाइट www.moe.gov.np
    –शिक्षा विभागको www.doe.gov.np
    –परीक्षा नियन्त्रण कार्यालयको  www.soce.gov.np
    –नेपाल टेलिकमको slc.ntc.np
    –वर्डलिङ्कको slc.wlink.com.np मा एसएलसीको नतिजा हेर्न सकिने छ ।
    –नेपाल टेलिकमको सिम भएका मोबाइलबाट एलएलसी स्पेश सिम्बोल नम्बर र अल्फाबेट टाईप गरी १४०० मा एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि परीक्षाफल थाहा पाउन सकिने छ ।
    यसवर्ष कार्यालयले शुल्क तिरेर पत्रिकामा नतिजा नछाप्ने जानकारी दिएको थियो ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.