• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • मंगोलियाको राजधानीमा मिस मंगोल नेपालको फोटो प्रर्दशनी

    मिस मंगोल नेपाल २०१३ कि विजेता मुस्कान लिम्वु मंगोलियाको राजधानी उलानबटोरमा नेपाली मौलिक कला, संस्कृती र भेषभुषा झल्कने तस्बिर प्रदर्शनी आयोजना हुनु ठुलो उपलब्धी रहेको बताइन् ।

    काठमाण्डौं : मंगोलियाको राजधानी उलानबटोरमा मिस मंगोल नेपालको तस्बिर प्रदर्शनी आयोजना गरिएको छ । केहि समय अगाडि वल्र्ड सेन्टर फर मंगोल ओरिजिन विपल्सले आयोजना गरेको तीन दिने फोटो प्रदर्शनीमा मिस मंगोल नेपाल प्रतियोगीताका साथै नेपालका आदीवासी जनजातीका मौलिक कला, संस्कृती एवं भेषभुषा एवं झल्काउने एक सय आठवटा फोटो समावेश गरिएको थियो ।
    मंगोलियाका लागी नेपाल एवं भारतका पुर्वराजदुत एवं वल्र्ड सेन्टर फर मंगोल ओजिन विपल्सका प्रमुख डा. ओइडोभ नामदावाका अनुसार नेपाली मंगोल्स शीर्षकमा भएको प्रदर्शनीमा विभिन्न संस्कृतीकर्मी, राजनीतिज्ञ, इतिहासविद, मुलुकका कुटनीतिज्ञ, सञ्चारकर्मी आदिको उत्साहजनक सहभागीता रहेको थियो । प्रर्दशनीमा मिस मंगोल नेपाल २०१३ का प्रतियोगी, अन्तिम प्रतिष्पर्धाका विभिन्न चरण र अहिलेसम्मका विजेताका फोटोहरु समावेश गरिएको थियो । त्यस्तै नेपालमा प्रचलित खेल, लोक बाजा एवं जीवनशैली झल्किने तस्बिर समेत समावेश गएिको थियो ।

    मिस मंगोल नेपाल २०१३ कि विजेता मुस्कान लिम्वु मंगोलियाको राजधानी उलानबटोरमा नेपाली मौलिक कला, संस्कृती र भेषभुषा झल्कने तस्बिर प्रदर्शनी आयोजना हुनु ठुलो उपलब्धी रहेको बताइन् । मुस्कानले भनिन् –‘यो मिस मंगोल प्रतियोगीता र मंगोल समुदायका लागि मात्रै होइन नेपालका लागी गौरवको विषय हो ।’ उनले मिस मंगोल नेपाल २०१३ भएपछि मिस वल्र्ड मंगोल तयारीका लागी सदभावना दुतका रुपमा समेत काम गर्ने अवसर पाएकी छन । यसै क्रममा केही समयपछि उनी मंगोलिया भ्रमणमा जादैछिन ।

    सन् २००९ देखी आयोजना सुरु भएको मिस मंगोल नेपाल प्रतियोगीले एकपछि अर्को गर्दै विश्वभरका मंगोल समुदायको ध्यान खिच्न थालेको छ । अहिले मिस वल्र्ड मंगोलको तयारीतर्फ उन्मुख भएको यो प्रतियोगीताको गत फागुनमा भएको पाचौ संस्करणमा विश्वका विभिन्न मुलुकका प्रतिनिधी प्रतियोगीता अवलोकन तथा छलफलका लागि नेपाल आएका थिए ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.