भृकुटी भण्डपमा सुरु भयो पिजे सहित नेपालका सम्पुर्ण गायक गायिकको प्रस्तुती
कन्सर्ट बेलुकी ९ बजे सम्म चल्ने
विशाल चौतारी समाचार
काठमाडौं, १५ फागुन । काठमाडौमा बिहानिपख सिमसिम पानी परेर चिसो–चिसो मौसममा भृकुटी भण्डपको खुला चौरमा नेपाली ‘नमस्ते ब्यान्ड’ २५ वर्ष पुगेको उपलक्ष्यमा भव्य साङगीतिक कन्र्सट सुरु भएको छ । सन् १९८८ मा स्थापना भएको ब्यान्डले आफ्नो वार्षिकोत्सवको अवसरमा सन् १९९४ बाट सुरु गरेको ‘महाशिवरात्री विश्व संगीत महोत्सव’लाई यो वर्ष पनि निरन्तरता दिने भएको हो ।
यस वर्षको महोत्सवमा वेलडर्स् ग्रुपसाग आवद्ध स्लाई एण्ड रवि प्रोडक्सनको पिजे एन्ड रेग्गे ब्यान्डको पनि पर्फमेन्स रहेको छ । पिजे १३ वर्षको उमेरदेखि रेग्गे सनफ्लासको वल्ड टुरमा निक्लिएको र स्लाईन रवि प्रोडक्सनको सोनि रेकर्डस् सग आवद्ध थिए । कन्सर्टमा पिजेसहित नेपालका चर्चित नयाँ पुराना ब्यान्डदेखि नेपालका सबैजसो गायकगायिकालाई कन्सर्टमा समेटिएको छ । काठमाडौं, १५ फागुन । काठमाडौमा बिहानिपख सिमसिम पानी परेर चिसो–चिसो मौसममा भृकुटी भण्डपको खुला चौरमा नेपाली ‘नमस्ते ब्यान्ड’ २५ वर्ष पुगेको उपलक्ष्यमा भव्य साङगीतिक कन्र्सट सुरु भएको छ । सन् १९८८ मा स्थापना भएको ब्यान्डले आफ्नो वार्षिकोत्सवको अवसरमा सन् १९९४ बाट सुरु गरेको ‘महाशिवरात्री विश्व संगीत महोत्सव’लाई यो वर्ष पनि निरन्तरता दिने भएको हो ।

सहभागी हुने ब्यान्डहरु:
पिजे एन्ड रेग्गे ब्यान्ड (अमेरिका), नमस्ते ब्यान्ड (जापान–नेपाल), जाह तब्बु (जापान), बम शिव मिनामी, न्युयो प्रिज्म, १९७४ एडी, मुक्ति एन्ड रिभाइभल, रविन एन्ड न्यु रिभोल्युसन, कबवेब, द एक्स, हिटा ग्रुप (तिब्बत), सबिन राई एन्ड ब्यान्ड, कन्दरा, अन्डरसाइड ब्यान्ड, टम्बलविड इन्क, बफिन्स ९८ (हङकङ), लेकाली, निर्वान्स एन्ड म्युजिक लिंक, अनील शाही एन्ड माया मन्त्र, देउराली, डी मोर्चा, भैरवी लाखे, बी एटएट, लाहुरे एन्ड बुलेट ।
अतिथि कलाकारहरु:
राजेशपायल राई, निमा रुम्बा, अनिल सिंह, उदय मनिला सोताङ, सत्यस्वरुप आचार्य, श्रेया सोताङ, सुनिल बर्देवा, यम बराल, हेमन्त राना, विजय लामा, रोज मोक्तान, अविनाश घिसिङ, आस्था बी, भरत सिटौला, मेघ लामा, युवराज गुरुङ, शिव केसी, प्रेम लामा, टिका बम्जन, कृष्ण गुरुङ, धनबहादुर गुरुङ, राजु परियार, रमिला न्यौपाने, ज्योति मगर, शिवजी भट्टराई ।
0 comments
Write Down Your Responses