• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • बिदेशमा ज्यान गुमाएका सात मृतक परिवारले क्षतीपूर्ती लिए

    दमन राई
    १८ साउन खोटाङ ।
    बैदेसिक रोजगारीका सिलसिलामा बिदेशमा ज्यान गुमाएका खोटाङका सात मृतक परिवारले क्षतीपूर्ती लिएका छन् । साउदीअरब, मलेसिया र कतारमा काम गर्नेक्रममा फरक–फरक समयमा ज्यान गुमाएका जिल्लाका सात मृतक परिवारले क्षतीपूर्ती पाएका हुन् । बिगत दुई वर्षभित्रमा ज्यान गुमाएका मृतकका परिवारले बैदेशिक रोजगार प्रबर्धन बोर्ड तथा बीमा कम्पनीबाट क्षतीपूर्ती लिएको सुरक्षित आप्रबासन परियोजना सुचना केन्द्र खोटाङले जनाएको छ ।
    मृतक परिवारलाई क्षतीपुर्ती प्राप्त गर्ने प्रकृयाका बारेमा जानकारी दिादै सुचना केन्द्रले आवश्यक कागजातहरु तयार गरी प्रबासी समन्वय समितिमार्फत बैदेसिक रोजगार प्रबद्र्धन बोर्डसम्म पुर्‍याउन सहयोग गरेपछि उनीहरुले बोर्ड तथा बीमा कम्पनीहरुबाट क्षतीपूर्ती लिएका हुन् ।
    सुचना केन्द्रका अनुशार साउदीअरबमा ज्यान गुमाएका सप्तेश्वर–७ का जीवन राई, अर्खौले–१ का नरबहादुर पुरी, बााझेच्यानडााडा–५ का खड्गबहादुर गुरुङ र खार्मी–९ का रामनाथ राईको परिवारले क्षतीपूर्ती पाएका छन् । यस्तै, मलेसियामा ज्यान गुमाएका खिदिमा–६ का सिंहराज राई र राजापानी ७ का कमलकुमार राई तथा कतारमा ज्यान गुमाएका बााझेच्यानडााडा–२ का दिलीप भुजेलको परिवारले क्षतीपूर्ती लिएको सुचना केन्द्रका कार्यक्रम संयोजक भक्त राईले जानकारी दिनु भयो । उनीहरुले बैदेसिक रोजगार प्रबर्धन बोर्डबाट १ लाख ५० हजार तथा बीमा कम्पनीबाट बााकी रकम गरी प्रतिपरिवार कम्तीमा ६ लाख ५० हजारदेखि ८ लाखसम्म क्षतीपूर्ती पाएका छन् । बैदेसिक रोजगारीका सिलसिलामा ज्यान गुमाएका १६ मृतक परिवारले क्षतीपूर्तीकालागि सहयोग गर्न निबेदन दिएकामा ७ मृतक परिवारले क्षतीपूर्ती पाएको कार्यक्रम संयोजक राईको भनाई छ । सुचना केन्द्रका अनुशार जिल्लाका अन्य तीन मृतक परिवारलाई क्षतीपुर्ती दिलाउनकालागि पहल भइरहेको छ । समयसीमा नाघेका कारण जिल्लाका पााच मृतक परिवार भने क्षतीपूर्ती पाउनबाट बञ्चित भएको संयोजक राईले बताए ।


    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.