• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • मिरकोटमा आगालागी,

    साउन १८ मिरकोट
    बिहिबार राती घरमा आगालागी हुँदा मिरकोट ८ कुसुण्टारका खुमनबहादुर थापामगरको घर जलेर नष्ट भएको छ । राती आठ बजेतिर भएको आगालागीका कारण घर पुर्ण रुपमा जलेर नष्ट भएको स्थानीय ऋषिराम अधिकारीले जानकारी दिए ।
    घरका सबै परिवारहरु खाना खाइरहेको बेला एक्कासी आगालागी भएको र उद्धार पनि गर्न नसकिएको उनले बताए । आगालागाीबाट घरमा भएको नगद, लत्ताकपडा, अन्न, गरगहना सबै नष्ट भएको छ । आगालागी भएको थाहा पाउने बित्तिकै स्थानीय बासिन्दा र सेरा प्रहरी चौकीबाट प्रहरीहरु उद्धारका लागि गए पनि निभाउन नसकेको उनले बताए । आगालागीबाट अन्दाजी चार लाख रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.