• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • डन मनाङगेले प्रहरीलाई देखाउदै भने – यिनिहरुले जर्बजस्ति ल्याए

    अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मनाङगेले भने–५ दिन अझै बाँकी छ । मलाई त यिनीहरु (प्रहरी)ले जबरजस्ती ल्याएका हुन् । जे पायो त्यही गर्छन् यिनीहरु’ मनाङ्गेले बताए । 
    २ भदौ, काठमाडौं । 
    सम्पत्ति शुद्धधिकरण मुद्धामा पक्राउ परेका डन दीपक मनाङगेले आफूलाई अदालतले दिएको समयअगावै प्रहरीले पक्राउ गरेको दाबी गरेका छन् । शुक्रबार पक्राउ परेका उनलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले आइतबार विशेष अदालतमा उपस्थित गराएको थियो । अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मनाङगेले भने–५ दिन अझै बाँकी छ । मलाई त यिनीहरु (प्रहरी)ले जबरजस्ती ल्याएका हुन् । जे पायो त्यही गर्छन् यिनीहरु’ मनाङ्गेले बताए । 
    मनाङगेलाई अदालतले दिएको म्याद असार पहिलो साता नै सकिएको थियो । मुद्धा दायर भएपछि अदालतमा हाजिर हुन १५ दिने म्याद जारी गरिएको थियो । १५ दिन थमाउन पाउने म्याद हुन्छ । उत्त समयमा पनि अदालतमा हाजिर नभए फरारको सूचीमा राखेर प्रहरीले पक्राउ गर्नसक्छ । आइतबार अदालतले मनाङगेसँग बयान लिएको छ । ‘बयान सकिएको छ, अब सोमबार थुनछेक बहस हुन्छ’ अदालतका रजिष्टार केशव घिमिरेले अनलाइनखबरलाई बताए अनुसार– ‘अहिले सीआईबीकै हिरासतमा पठाइएको छ ।’
    गुण्डागर्दीबाट १४ करोडभन्दा बढी सम्पत्ति जोडेको अभियोगमा मनाङगेविरुद्ध सम्पत्ति शुद्धधिकरण अनुसन्धान विभागले जेठ ३ गते अदालतमा मुद्धा दायर गरेको थियो । अवैध सम्पत्ति जोडेको अभियोग लागेका परशुराम बस्नेत २ करोड धरौटीमा रिहा भएका छन् भने ३ करोड बुझाउन नसक्दा अर्का डन गणेश लामा थुनामा छन् । लागूऔषधको मुद्धामा थुनामा रहेका अर्का डन चक्रे मिलनसँग अदालतले १ करोड धरौटी मागेको छ भने अभिषेक गिरी भने हालसम्म फरार छन् । साभार अनलाईन खबर

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.