• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • राजावादीसंग साठगाड गर्नेहरु समाप्तै हने नेपालले बताए

    विशाल चौतारी सम्वाददाता 
    दाङ, साउन १८
    नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले राजावादीहरुसंग साडगाड गर्नेहरु समाप्त भएर जाने चेतावनी दिएका छन् ।
    शुक्रवार दाङको सदरमुकाम घोराहीमा अनेरास्ववियुको विधान सम्मेलनको उद्घाटन गर्दै नेपालले निर्वाचन नचाहने शक्तीले राजवादीहरुसंग सहकार्य गर्न थालेको दावी गरे । वैद्य नेतृत्वको नेकपा माओवादीतर्फ संकेत गर्दै नेपालले भने ‘जनतालाई अधिकार सम्पन्न भएको देख्न नसक्ने शक्तीहरु अहिले निर्वाचनको साटो राजावादीहरुसंग सहकार्यमा लागेको छन् ।’ यद्यपी उनीहरुसफल न हुने नेता नेपालले दावी गरे । वैद्य माओवादीहरुले राजवादीहरुसंग सहकार्य गर्न लागेर आफ्नो अस्तीत्व आफै समाप्त पार्न लागेको नेपालले टिप्पणी गरे । गणतन्त्रको संस्थागत गर्न नदिन प्रतिगामी राजावादीहरुले वाधा पुर्‍याईरहेको वताएका उनले राजतन्त्र फर्किन्छ भन्नु दिवा सपना मात्र हुने वताए । ‘अहिले राजावादीहरु सलवलाउन थालेका छन्’ नेपालले भने ‘उनीहरुलाई समयमै रोक्न सवै सचेत हुनुपर्छ ।’ राजावादीका गतिविधिहरुलाई निस्तेज पार्न अनेरास्ववियुलाई नेपालले निर्देशन समेत दिए । यद्यपी वाढि पिडितहरुलाई पुर्व राज परिवारले राहत वितरण गरेको सवाललाई समान्य रुपमा लिईनुपर्ने उनले वताए । ‘गरिव जनताहरुलाई सहयोग गर्दा कसैको टाउको दुखाई हुदैन’ उनले भने ‘राहत वितरण गर्ने नाममा प्रतिगामी गतिविधिहरु भने हुन दिदैनौं ।’
     त्यस्तै नेता नेपालले निर्वाचन हुने सर्तमा चार दलित संयन्त्र खारेज गर्न एमाले तयार रहेको वताएका छन् । ‘तोकिएकै समयमा संबिधान सभाको निर्वाचन गर्न सहमत हुन्छन् भने चार दलिय संयन्त्र खारेज गर्दा कुनै फरक पर्दैन’ उनले भने ‘निर्वाचन प्रमुख विषय हो ।’ वैद्य नेतृत्वको नेकपा माओवादी लगायत असन्तुष्ट दलहरु निर्वाचनमा भाग लिन नचाहेको नेपालले आरोप लगाए । ‘मैले धेरै पटक वैद्यजिसंग कुरा गरेको छु’ नेपालले भने ‘कुराकानीका क्रममा उहांले निर्वाचनमा सहभागि हुने कुनै संकेत देखाउनु भएन ।’ मंसिर ४ गतेको निर्वाचन मिति भने कुनै पनि हालतमा नसर्ने उनको दावी छ । ‘अरु विषय मान्न सकिन्छ तर निर्वाचन मितिमा कुनै सम्झौता हुदैन’ उनले भने ‘त्यो विषयमा छलफल नै हुदैन ।’ 
         नेकपा माओवादीले चुनावी प्रचार प्रसारका लागी गांउ पस्न नदिने भन्ने धम्की दिएको छ नि भन्ने पत्रकारहरुको जिज्ञासामा नेपालले भने ‘शान्ति सुरक्षा दिने दायीत्व सरकारको हो र दिन्छ पनि ।’ सुरक्षाका निमित्त पार्टिको तर्फवाट आन्तरिक तयारी भएपनि सरकारले नै शान्ति सुरक्षाको व्यवस्था मिलाउने उनले वताए । केहि दलहरुले मतदाता नामावली संकलनका लागी समय थप गर्नुपर्ने माग गरेको प्रशंगमा नेपालले केहि समय थप गर्दा खासै फरक नपर्ने वताए । ‘निर्वाचन नहुने भ्रममा परेर केहिले मतदाता नामावलीमा नाम दर्ता गराएका छैनन्’ उनले भने ‘त्यस्तालाई कहि समयका लागी मौका दिईनुपर्छ ।’
    पुर्व प्रधानमन्त्री मरिचमान श्रैष्ठको औषधि उपचारमा समस्या परेको प्रति नेपालले दुख व्यक्त गर्दै यो सवालमा गम्भीर वन्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् । ‘यसमा सरकारले चासो राख्नुपर्छ, उनले भने ‘आवश्यक सहयोग गर्नका लागी ४ दलको वैठकले सरकारसंग आग्रह गरिसकेको छ ।’
               यसैविच शुक्रवार देखि नेकपा एमाले निकट अनेरास्ववियुको प्रथम विधान सम्मेलन घोराहीमा शुरु भएको हो ।
    अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेलको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटन अवसरमा एमाले सचिव शंकर पोख्रेल, पोलिटव्युरो सदस्य प्रकाश ज्वाला, वैकल्पीक पोलिटव्युरो सदस्य भागवत विश्वासी लगायतका केन्द्रीय नेताहरुले पनि सम्वोधन गरेका थिए । निति, कार्यदिशा र कार्य योजनाको निर्माण तथा आचारसंहिता निर्माण गरी संगठनलाई चुस्त दुरुस्त गर्न राष्ट्रिय विधान संम्मेलनको आयोजना गरिएको महासचिव किशोर विक्रम मल्लले जानकारी दिए । ३ दिनसम्म चल्ने सम्मेलनमा देशभरका ५ सय ५० बढी विद्यार्थी प्रतिनिधी तथा पर्यबेक्षक सहभागी रहेको विधान सम्मेलन आयोजक समितिका सचिव विवेक श्रेष्ठले जानकारी दिए । पहिलो पटक भएको सम्मेलनले संगठनमा आमुत परिवर्तन ल्याउने अनेरास्ववियुले जनाएको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.