• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • प्रचण्ड पुत्रीसंग अभिनेता भुवनले काठमाण्डौ क्षेत्र नं १ बाट लडाई लड्ने

    ३ आश्विन, काठमाडौ । अभिनेता भुवन केसी नेकपा एमाले पार्टीको तर्फबाट काठमाण्डौ क्षेत्र नम्वर १ बाट आगामी संविधान सभाको प्रत्यक्ष उम्मेरद्धारका लागी सिफारिसमा परेका छन् । अभिनेता केसीसँगै क्षेत्र नम्वर १ बाट एमालेका विदुर मैनाली र सपना प्रधान मल्ल पनि प्रत्यक्ष उम्मेरद्धारको सिफारिसमा छन् ।
    एमाले पार्टीको केन्द्रिय कमीटीको बैठकले मल्ल र मैनालीलाई पाखा लगाएर केसीलाई निर्वाचनको टिकेट उपलब्ध गराएमा उनको लडाइँ एमाओवादी अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहालसँग हुने सम्भावना छ । काठमाडौ क्षेत्र नम्वर १ बाट एमाओवादीले अध्यक्ष दाहाल पुत्रीको सम्भावनालाई प्रथामिकता दिएका छन् । नेपाली कांग्रेस तर्फ भने काठमाण्डौ क्षेत्र नम्वर १ मा अभिनेता केसीको चुनावी लडाइँ प्रकाशमान सिंहसँग हुने पक्का जस्तै छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.