• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • ६० सेकेन्ड सर्ट फिल्म फेष्टिभल शुक्रवारदेखी

    60-second-short-film-festival
    विशाल चौतारी समाचार
    काठमाडौं, ७ माघ ।
    युवा पुस्ताहरुको सर्ट फिल्मको चाहनालाई लक्षित गरी आयोजना भएको ‘६० सेकेन्ड सर्ट फिल्म फेष्टिभल’ आउँदो शुक्रवार अर्थात, माघ १० गतेबाट काठमाडौमा हुने भएको छ । लाजिम्पाट, उत्तरढोका स्थित थिएटर भिलेजमा हुने फेस्टिवल दिउसो १ बजे देखि शुरु हुने छ । मंगलवार पर्यटन बोर्ड काठमाडौमा एक पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी सर्ट फिल्मका आयोजक इन्टरफेस नेपालले दिएका थिए ।
    आउदो शुक्रवारबाट सुरु हुन लागेको सर्ट फिल्म फेष्टिभलमा आएका ४८ वटा फिल्मलाई प्रर्दशनमा छानिएको आयोजक समितीका कार्यकारी निर्देशक दिल भुषण पाठकले बताए । निर्णायक मण्डल (जुरी)ले छनोट गरेका पहिलो, दोस्रो र तेस्रो हुने फिल्मले क्रमश: २५ हजार, १५ हजार र १० हजार रुपैयाँ जित्ने बताइएको छ । फेसबुक पेज र युट्युबमा प्राप्त भोटका आधारमा एक फिल्मलाई पब्लिक च्वाइस अवार्ड पनि दिइने आयोजकले बताएको छ । त्यस्तै जुरीका तर्फबाट स्पेशल मेन्सन अवार्ड पनि दिइने छ । पाँचै विजेताले माउन्टेन फ्लाइटमा जाने अवसर पनि पाउने भएका छन् ।
    सर्ट फिल्म स्टिभलमा देश भित्र र बाहिरबाट राजनीति, निर्वाचन, गरिवी, द्धन्द्ध, वातावरण, चाडपर्ब, कला, संस्कृति, पर्यटन, शिक्षा, फिक्सन, अपाङगता अधिकार, लोडसेडिङ, कृषि, ब्यङग्य, बालबालिका, बरोजगार लगायत विभिन्न विषयका फिल्महरु समावेश रहेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । फेष्टिभलको नाम ६० सेकेन्ड नै किन राखियो, भन्ने बारेमा प्रश्ट्याउँदै आयोजक संस्थाका निर्देशक दिल भुषणले युवाँहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको हुनाले उनिहरुलाई नै लक्षित गरी सो समयलाई तोकिएको बताए । भने–‘कुनैपनि युवाँलाई एउटा फिल्म एक घण्टको समय दिइयो भने, उनलाई त्यो फिल्म बनाउन आर्थिक खर्च निकै लाग्न सक्छ । तर ६० सेकेन्ड भनेपछि तँ एउटा मोवाइललेपनि खिचेर प्रतिस्पर्धामा भिड्न सक्ने भयो नि ।’ उनले फेष्टिभलको एक फिल्मलाई उदाहरण दिदै–‘एउटा शिक्षकले कक्षा कोठामा २ दुनी चार भनेर पढाई रहेको समयमा झ्याबाट एक–एक थोपा पानि झरेर एक नै भएको छ ।’ यस्ता किसिमका सस्पेन्स किसिमका फिल्महरु रहेको फेष्टिभलका निर्देशक पाठकले बताए ।
    ५ सदस्यीय जुरी (निर्णायक मण्डल) मा चलचित्र निर्देशक यादब खरेल, अभिनेत्री निशा अधिकारी, युवा अभियानकर्ता राजेन्द्र मुल्मी, फिल्म निर्देशक/कलाकार इलम दिक्षित र चलचित्र समीक्षक यज्ञस रहेका छन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.