पुन: १ महिना जेल बाहिरै रहन आग्रह गरे संजयले

अभिनेता संजयले पत्नी मान्यताको स्वास्थ्य अवस्थामा अझै सुधार नआएको भन्दै १ महिनाको ‘पेरोल’ बढाइदिन आग्रह गरेका थिए । ४ महिनाको अन्तरालमा संजय दत्तलाई २ पटकसम्म ‘पेरोल’ दिइएको छ । यस्तै उनलाई केहि समय अगाडी १ पटक छुट्टी पनि दिइएको थियो । अभिनेता संजयलाई पत्नी मान्यता बिरामी भएपछि १ महिना अघि जेल बाहिर जान अनुमती दिइएको थियो । उनका श्रीमति मान्यतालाई अस्पतालमा भर्ना गराइएको छ । उनलाई १ महिनाको लागि दिइएको ‘पेरोल’ जनवरी २१ मा सकिदैछ । संजयलाई यस्तो सुविधा दिएपछि जेल प्रशासनको कार्य माथि औला उठ्न थालेको छ । अभिनेता संजयलाई अवैध हतियार राख्ने मामलामा सजाय सुनाइएको थियो ।
0 comments
Write Down Your Responses