• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • ‘आँधिखोलाको सुस्केरा’ विमोचित

    विशाल चौतारी समाचार
    काठमाडौं, ७ माघ ।
    ‘आधिखोलाको सुस्केरा’ नामक पुस्तक हिजो (सोमवार ६ गते) एक समारोहका विच विमोचित भएको छ । स्याङ्जा विद्यार्थि समाज त्रि.वि. किर्तिपुर, काठमाडौले प्रकाशन गरेको यस पुस्तक तेश्रो अंक विमोचित भएको हो ।
    कार्यक्रमका प्रमुख अतिथी तथा प्राध्यापक डा. गणेशमान गुरुङ (संविधान सभा सदश्य तथा विश्वविद्यालय अनुगमन आयोगका निवर्तमान अध्यक्ष), विशिष्ठ अतिथीहरु प्रा.डा. धन बहादुर कुँवर, गितकार तथा संगीतकार जानकी पन्थ लगायतले पुस्तकको विमोचन गरेका थिए । स्याङ्जामा घर भई काठमाडौंमा बसोबास गर्नेहरु बिचको सम्बन्ध सुमधुर बनाउने उद्देश्यका साथ पुस्तक प्रकाशन गरिएको कार्यक्रमका सभापति सुरज न्यौपानेले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गणेशमानले पुस्तक ल्याएको प्रति बधाई दिदै, स्याङजा र काठमाडौंमा बस्नेहरु बिचको सम्वन्ध जोड्ने पुलको काम प्रसंसनिय रहेको बताए । त्यस्तै पछिल्लो समयमा उपन्यास निकाल्नमा निकै व्यास्त रहेका महिला गीतकार तथा संगीतकार जानकी पन्थलेपनि पुस्तक ल्याएको प्रति बधाई दिदै पुस्तकमा सबै किसिमका साहित्यीक विधाहरुलाई समेटिएको निकै मनपरेको बताइन् ।
    कार्यक्रममा प्रकाशन टिमका प्रमुख सल्लाहकार एवंम अधिवत्ता हरि पंगेनीले यस्ता कार्यक्रमले युवाहरुको श्रजनशिलतामा बृद्धि हुने मन्तव्यको क्रममा बताए ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.