• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • धाराबासीले ‘झोला’को प्रसंगमा भने ‘इतिहास वर्तमानको हिड्ने बाटो हो’

    विशाल चौतारी समाचार
    काठमाडौं, ७ माघ ।
    करिव १२ वर्ष पहिला लेखिएको चर्चित साहित्यकार कृष्ण धारावासिको कथा संग्रह ‘झोला’ अव चलचित्रको रुपमा आएको छ । आउँदो २४ गतेदेखी हलहरुमा चलचित्र लाग्ने भएको छ । ०५६ सालमा लेखिएको कथासंग्रह एउटा चलचित्रमा आउदा आफु खुसि रहेको साहित्यकार धारावासिले बताए । इतिहास भनेको वर्तमानको हिड्ने बाटो भएको बताउदै, त्यो समयको कथा अहिले प्रस्तुत हुनु भएको अहिलेका पुस्ताका लागी शिक्षाको विषयपनि रहेको धारावासिले बताए ।
    चलचित्र झोलाको कुराकानिको क्रममा साहित्यकार धारावासीले भने –‘कुनै समयमा एउटा यस्तो युगपनि थियो, जुन समयमा एउटा पति मर्दा एउटी पत्नीले जिउदै चितामा जल्नुपर्ने बाध्यता रहेको थियो । पतिको मृत्यु भएपछि पत्नीले सति जान मानेन भने, खेदि–खेदिपनि मारेर जलाउने गरिन्थ्यो । जुन कार्यलाई त्यसबेलाको कानुनलेपनि सहि मान्थ्यो’, धाराबासिले बताए । त्यो जमाना जस्तो अहिले नभएपनि, समाजमा महिला हिँसा भईरहेको, साहित्यकार धारावासीले बताए । उनले भने ‘म अहिले सुन्छु, पहिलाको इतिहास नै गलत थियो, कसैले भन्छन्, पहिलाको इतिहास नै परिवर्तन गर्नपर्छ ।’
    चलचित्र ‘झोला’ यहि माघ १३ गतेदेखि काठमाडौंमा सरु हुने अन्तराष्ट्रिय चलचित्र महोत्सवमा नेपालको तर्फवाट सहभागि हुनेभएको छ । माघ १७ गतेसम्म चल्ने महोत्सवमा नेपाल लगायत १० वटा देशहरुका चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएका छन् । नेपाल फिल्म सोसाइटीले आयोजना गरेको यस महोत्सवमा दक्षिण कोरिया, इजरायल, रसिया, नर्वे, स्पेन, भारत, फ्रान्स, डेनमार्क, साउथ अफ्रिका र रसियाका चलचित्रहरु प्रदर्शन गरिने छ ।
    चलचित्र झोलाको निर्देशन यादवकुमार भट्टराईले गरेका हुन । चलचित्रका प्रस्तुतकर्ता उत्तमकुमार श्रेष्ठ, कार्यकारी निर्माता मालती शाह, निर्माता राज तिमल्सिना, रामगोपाल थापा रहेका छन् । चलचित्र झोलामा गरिमा पन्त, दिपक क्षेत्री, सुजल नेपाल, देशभत्त खनाल, लक्ष्मी गिरी, प्रल्हाद खतिवडालगायतको अभिनय रहेको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.