• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • राजकुमारले भने–‘प्रोड्युसर’ ज्योतिराज को हो

    विशाल चौतारी समाचार
    काठमाडौं, १५ माघ । चलचित्र रिलिज हुन भन्दा एक दिन अगाडी चलचित्र ‘प्रोड्युसर’ टिमले चलचित्रको बारेमा अन्तिम जानकारी दिन पत्रकार सम्मेलन गरेको छ । काठमाडौमा अनामनगरको युनियन हाउसमा सञ्चारकर्मीका बिच चलचित्रका निर्माता राजकुमार राईले कार्यक्रममा बोल्दै चलचित्र बनाउनु जत्तिकै चलचित्र चल्न राम्रो पब्लिसिटी डिजाईनको पनि आवश्यक रहेको बताए । राईले भने–‘मलाई लाग्छ, हामिले हाम्रो चलचित्रको राम्रो प्रचार गर्न सकिन होला, तर मलाई थाहा छ, कहाँ हान्दा कहाँ लाग्छ भन्ने कुरा †’ नेपाली चलचित्रको व्यापारिक भविष्य भन्न गाह्रो पर्ने बताउँदै निर्माता राइले प्रिमियर गरेर पैसा खर्च गर्न नचाहेको बताए । पत्रकार सम्मेलनमा आफु निर्माता रहेपनि आफ्नो भाई ज्योतिराज राईले यस चलचित्रमा धेरै खटेको बताउदै यो चलचित्र ज्योतिराज राइको भएकोपनि पत्रकार सम्मेलनमा जानकारी दिए ।
    उपत्यकार बाहिर सार्वजनिक बिदा परेपछि चलचित्र ‘प्रोड्युसर’ आज माघ १६ गते बिहिबारबाटै मोफसलका पर्दाहरुमा प्रदर्शन हुँदैछ । बिहिबार शहिद दिवस र शुक्रबार ल्होसार परेकाले सार्वजनिक बिदालाई सदुपयोग गर्न उपत्यका बाहिर १६ गते बाटै चलचित्र लगाएको चलचित्रका प्रस्तुतकर्ता ज्योतिराज राईले बताए । प्रेसमिट कार्यक्रममा ज्योतिराजले चलचित्रको विषयवस्तुको बारेमा जानकारी दिदै भने– ‘चलचित्र क्षेत्रमा संघर्षरत तीनजना युवाको कथा फिल्मले बोलेको छ ।’ पत्रकार सम्मेलन कार्यक्रममा लामो संघर्षपछि चलचित्रमा मुख्य भूमिका निभाउने अवसर पाएका सञ्चारकर्मी तथा अभिनेता श्याम अर्यालले आफ्नो विगतको बारेमा बताउदै चलचित्र ‘प्रोड्युसर’मा आफु मुख्य हिरोको रोलमा आएको बताए ।
    उपत्यका बाहिर र भित्र गरी करिव ९० हलहरुमा रिलिज हुन लागेको चलचित्र ‘प्रोड्युसर’को प्रेसमिटका लागि पोखराबाट काठमाडौं आएकी चलचित्री अभिनेत्री श्वेता भट्टराईले चलचित्र फुल्ली मनोरञ्जक भएको बताउदै दर्शकहरुलाई ‘प्रोड्युसर’ हेर्न आग्रह गरीन् । चलचित्रमा अभिनेता विल्सन विक्रम राई, बाबु बोगटी, पायल रायमाझी, श्याम राईकोपनि मुख्य भूमिका रहेको छ र यि तिन कलाकारहरु चलचित्रको प्रोमोनको लागी उपत्यका बाहिर भएकाले कार्यक्रममा उपस्थित भएका थिएनन् । चलचित्रलाई निर्देशक जनकदिप पराजुलीले निर्देशन गरेका हुन्, भने उनी चलचित्रकै प्रदर्शनको लागि यतिखेर दुबईमा छन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.