• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • पहिलो विदेश कार्यक्रम हङकङ गएकी युमाले भनिन्– नेपालकै चेली भएको गर्व गर्न पाए

    ‘आफुले फ्यानको बारेमा सुनेको, तर अनुभव नगरेको बताउदै पहिलो कार्यक्रममै यति फ्यानहरुको कमेन्टको अपेक्षा चाहि नगरेको मिस राई युमाले बताइन् । सबै फ्यानहरु आफ्नो लागी फ्यान नभएर आफन्त जस्तै लागेकोपनि युमाले बताइन् ।’
    विशाल राई
    काठमाडौं, १५ माघ । कलाकारहरु कला क्षेत्रमा लागेपछि विषेश गरेर विदेश कार्यक्रमलाई निकै प्राथमिकताका साथमा हेर्ने गरेका छन् । र कलाकारहरुका लागी सो कुरा आवश्यकतापनि रहेको छ । विदेश कार्यक्रमपनि विशेष गरेर नेपाली कलाकारहरुका लागी हङकङ पहिलो विदेश भ्रमण भए राम्रो मान्ने गरेका छन् । यस्तै क्रममा पहिलो मिस राई बन्न सफल सुन्दरी मिस राई युमा राईलेपनि आफ्नो पहिलो विदेश कार्यक्रम हङकङलाई नै बनाएकी छिन् ।
    विशाल चौतारीसंगको कुराकानीको क्रममा युमाले पहिलो विदेश कार्यक्रमको अनुभव धेरै राम्रो भएको जानकारी दिदै कलाकारीता क्षेत्रमा केहि गर्ने जोस जागेको बताईन् । कुराकानिको क्रममा एकदमै हर्सिद मुद्रामा कुरा गर्दै पहिलो विदेश कार्यक्रममापनि राईहरुको पहिचान अनि नेपालकी एउटी चेलि भएर प्रस्तुती दिन पाउँदा आफु धेरै भाग्यमानी ठानेको युमाले बताईन् । हङकङमा पहिलो मिस राई आउँछ भन्ने जुन अपेक्षा थियो, त्यो पनि आफुले राम्रोसंग निभाएको बताइन् । हङकङमा भएको आफ्नो २ कार्यक्रमको पर्फमेन्सको अनुभव सियर गर्दै युमाले भनिन्–‘मेरो पर्फमेन्स हेर्ने सुन्ने मेरा फ्यान तथा आफन्तहरुको कमेन्टका आधारमा मलाइ लाग्छ, मेरो पर्फमेन्स धेरै राम्रो भयो ।’
    यलम्बर नाइट ७ नामक कार्यक्रम र अर्को कार्यक्रमको बारेमा बताए अनुसार आफुले कार्यक्रममा गायन, नृत्य र उद्घोषणपनि गरेको मिस राई युमाले बताइन् । यि सबै पर्फमेन्सहरुलाई हेर्ने आफ्ना फ्यानहरुको कमेन्ट यि सबै बिधामा राम्रो भएको पाएको बताइन् । भनिन्–‘कुनै फ्यानले सिङगीङ राम्रो छ, कुनै फ्यानले भने डान्सिङ राम्रो तँ कुनै फ्यानहरुले चाहि उद्घोषणपनि । तरपनि मेरो बिचार चाहि गायनलाई नै अगाडी बढाउँनेछु ।’ आफुले फ्यानको बारेमा सुनेको, तर अनुभव नगरेको बताउदै पहिलो कार्यक्रममै यति फ्यानहरुको कमेन्टको अपेक्षा चाहि नगरेको मिस राई युमाले बताइन् । सबै फ्यानहरु आफ्नो लागी फ्यान नभएर आफन्त जस्तै लागेकोपनि युमाले बताइन् । आफ्नो आफन्तहरु पनि हङकङमा धेरै रहेको बताउदै, युमाले आफु एक नेपालकी चेली भएको गर्भ गर्न पाएको बताइन् । फ्यानहरुले दिएको गिफ्टको बारेमा बताउँदै आफुलाई पहिलो गिफ्ट पहिलो कार्यक्रम सकिएपछि आउनु भएको एक आमा छोरीले दिएको गिफ्ट पहिलो रहेको बताइन् । सो गिफ्ट आफुले हेर्दा रेड कलरको एउटा रेड कलरको लगाउने कपडा रहेको सुनाइन् ।
    हङकङमा पहिलो विदेश भ्रमण सहितको कार्यक्रम भएका बारेमा बताउदै युमाले एउटा उखान सुनाइन्, भनिन्–‘हङकङ टेके संसार देखे ।’ यो हङकङ कार्यक्रममा जादा पाएको फ्यानहरुको हौसलालाई मर्न नदिन आफु कलाकारीता क्षेत्रलाई पनि निरन्तरता दिने बताइन् । कलाकारीता क्षेत्रमापनि आफुले गायनलाइ चाहि बिशेष रुपमा प्राथमिकता दिने निर्णय गरेकोपनि युमाले बताइन् । भनिन्–‘मेरो पर्फमेन्स मनपराउनु हुने फ्यानहरुको चाहनालाई प्रथमिकतामा राख्दै म एक दुई बर्षमा पप एल्मब ल्याउने छु ।’

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.